काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ८ महिनामा मन्त्रीहरु फेरबदल गरेको छ । एमालेबाट बिद्रोह गरेका सांसदहरुलाई मन्त्री बनाउने क्रममा नेकपा समाजवादीले ६ महिनापछि अर्को टीम पठाउने भनेको थियो । त्यही अनुसार आज समाजवादीले नयाँ मन्त्रीहरुको टीम पठाएको छ । नयाँ मन्त्रीहरुमा समाजवादीले महिलाको प्रतिनिधित्व गराउन सकेको छैन ।
नयाँ मन्त्रीहरुमा काठमाडौंका जीवनराम श्रेष्ठ, अछामका शेरबहादुर कुँवर, दाङका मेटमणि चौधरी परेका छन् ।
स्वास्थ्य मन्त्रीमा भने यसअघिका सोही मन्त्रालयका राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मौका दिइएको छ । पटक पटक तेह्रथुमबाट चुनाव जितेका खापुङलाई यसअघि राज्यमन्त्री बनाएकोमा उनी असन्तुष्ट थिए । तर अहिले मन्त्रीमा सिफारीस गरी उनीमाथि न्याय गरिएको छ । दाङकै हिराचन्द्र केसी पनि स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस भएका छन् ।
आज बसेको नेकपा समाजवादीको सचिवालय बैठकमा पार्टी बाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको हो ।
जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीलाई सहरी विकास मन्त्रालय, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रालयको मन्त्रीका लागि सिफारिस गरेको छ ।
२०७८ असोज २२ गते नेकपा समाजवादीको कोटाबाट नियुक्त भएका स्वास्थ्य तथा जनसंंख्या मन्त्री बिरोध खतिवडा, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’, पर्यटन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाइएको छ । कानुन मन्त्री गोविन्द कोइराला भने फिर्ता भएका छैनन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend