काठमाडौं । केही दिनदेखि सुस्ताएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद फेरि चर्किन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्ली महाधिवेशनको प्रस्ताव पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले अस्वीकार गरेसँगै दुबै पक्षबीचको विवाद मिल्न नसकेको हो ।
सोमबार प्रचण्ड र नेता नेपाल लगायतका नेताहरु भाेलिको लागि तोकिएको स्थायी समिति बैठकको विषयमा छलफल गरिरहेका छन् । अहिले प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र नेपाल पक्षका स्थायी समिति सदस्यहरुबीच छलफल चलिरहेको एक सदस्यले जानकारी दिएका छन् ।
पछिल्लो समय विवाद समाधान नभएपछि कसरी अघि बढ्ने भन्नेमा प्रचण्ड र नेपालबीच नै सहमति हुन सकेको छैन । नेता नेपाल भने स्थायी समितिबाट निर्णय गरेर अघि बढ्नुपर्ने लाइनमा छन् भने प्रचण्ड यतिबेला मध्यधारको खोजीमा रहेको खुमलटार स्रोतले दावी गरेको छ ।
प्रम ओलीको कार्यशैलीको कारण स्थायी समिति बैठकले उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिन माग गरिसकेको छ । तर ओली भने राजीनामा दिने पक्षमा छैनन् ।
गत असार १० गते गतेबाट सुरु भएको स्थायी समिति बैठक अहिलेसम्म ८ पटक स्थगित भइसेकको छ। सोहीकारण भोलिको बैठक पनि बस्ने/नबस्ने टुंगो नभएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend