Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रचण्ड-नेपाल समूहको बैठक खुमलटारमा जारी


    सोमबार, साउन १२ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । केही दिनदेखि सुस्ताएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद फेरि चर्किन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्ली महाधिवेशनको प्रस्ताव पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले अस्वीकार गरेसँगै दुबै पक्षबीचको विवाद मिल्न नसकेको हो । 

    सोमबार प्रचण्ड र नेता नेपाल लगायतका नेताहरु भाेलिको लागि तोकिएको स्थायी समिति बैठकको विषयमा छलफल गरिरहेका छन् । अहिले प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र नेपाल पक्षका स्थायी समिति सदस्यहरुबीच छलफल चलिरहेको एक सदस्यले जानकारी दिएका छन् ।

    पछिल्लो समय विवाद समाधान नभएपछि कसरी अघि बढ्ने भन्नेमा प्रचण्ड र नेपालबीच नै सहमति हुन सकेको छैन । नेता नेपाल भने स्थायी समितिबाट निर्णय गरेर अघि बढ्नुपर्ने लाइनमा छन् भने प्रचण्ड यतिबेला मध्यधारको खोजीमा रहेको खुमलटार स्रोतले दावी गरेको छ ।

    प्रम ओलीको कार्यशैलीको कारण स्थायी समिति बैठकले उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिन माग गरिसकेको छ । तर ओली भने राजीनामा दिने पक्षमा छैनन् ।

    गत असार १० गते गतेबाट सुरु भएको स्थायी समिति बैठक अहिलेसम्म ८ पटक स्थगित भइसेकको छ। सोहीकारण भोलिको बैठक पनि बस्ने/नबस्ने टु‌ंगो नभएको एक स्थायी समिति सदस्यले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार