Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीले बुझायो नयाँ बन्ने मन्त्रीहरुको नामावली


    आइतबार, जेष्ठ २२ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।नेकपा एकीकृत समाजवादीले बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ  । समाजवादीले सरकारमा सहभागी पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सरकारमा पठाउन लागेको हो ।

    यससँगै सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् । पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा लगायतका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेका हुन् । 

    आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको विषयमा छलफल भएको थियो । मन्त्री हेरफेर गर्ने निर्णय गर्दै मन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको थियो । पार्टी कार्यालयमा उनीहरूले पार्टी अध्यक्ष नेपालसँगै महासचिव डा. बेदुराम भुसालसँग छलफल गरेका छन् । 

    पार्टीले वर्तमान स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेको छ । त्यस्तै जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि सिफारिस गरेको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ । 

    समाजवादीले वर्तमान पर्यटनमन्त्री आले, स्वास्थ्यमन्त्री खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार