धनगढी । कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भए पनि माओवादी केन्द्रले ती दिनमै सो सहमति तोडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेको छ ।
तीन दिनअघि जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुखसहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले पाउने गरी समन्वय समितिमा तालमेल गर्ने तीन दलीय लिखित सहमति भएको थियो ।
सो सहमति पत्रमा नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड) र सुरेन्द्र देवकर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव लोकेन्द्र शाही र ममता चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट केन्द्रीय सदस्य दामोदर पण्डित, रमेश विक र लालवीर चौधरीले हस्ताक्षर समेत गरेका थिए ।
तर, सहमति भएको तीन दिन नबित्दै माओवादी केन्द्रले जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको छ । ‘केन्द्रीय तालमेलको निर्णय अनुसार हामीले कांग्रेससँग तालमेल गर्ने निर्णय गरेका छौं,’ नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव) ले भने, ‘एमाले सहितका दलसँग सामान्य छलफल मात्रै भएको हो, मूलतः हामी केन्द्रीय मर्म अनुसार नै अघि बढ्ने छौं ।’
जिल्ला समन्वय समितिमा तालमेल गर्नेगरी नेपाली कांग्रेससँग सहमति भइसकेको र सत्ता घटककै अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले समन्वय प्रमुख प्रमुख कांग्रेस र उपप्रमुख सहित ३ सदस्य माओवादी केन्द्रले पाउने गरी सहमति भएको बताए । उनले एकीकृत समाजवादी पार्टीसँग भने छलफल भइरहेको बताए ।
‘माओवादी केन्द्र र नेपाली कांग्रेसबीच लगभग सहमति भइसकेको छ,’ सभापति भट्टले भने, ‘एकीकृत समाजवादी पार्टीसँग थप छलफल गरेर हामी टुङ्गोमा पुग्नेछौं ।’
बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको थियो । कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख/उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमतभन्दा बढी हो । १३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जना एक ठाउँमा उभिनुपर्ने हुन्छ ।
माओवादी केन्द्र नेपाली कांग्रेससँग मिलेपछि गठबन्धनसँग १३ मत पुगेको छ । तर समन्वय समिति गठन गर्न भने १४ मत आवश्यक पर्ने छ । कैलालीमा नेपाली कांग्रेससँग ८, माओवादी केन्द्रसँग ४ र नेकपा एकीकृत समाजवादी पार्टीसँग एक मत छ ।
उनीहरूलाई जीतका लागि स्वतन्त्र उम्मेदवारको आवश्यकता पर्ने देखिएको छ । अल्पमतमा परेका नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीलाई भने स्वतन्त्र उम्मेदवारको समर्थन पाउँदा समेत बहुमत पुग्ने अवस्था देखिँदैन । कैलालीमा नागरिक उन्मुक्ति पार्टीसँग ७ र नेकपा एमालेसँग ५ मत रहेको छ ।
माओवादी केन्द्रभित्र द्वन्द्व
कैलालीमा जिल्ला समन्वय समितिका लागि गठबन्धन गर्दा नेकपा माओवादी केन्द्रभित्र भने आन्तरिक द्वन्द्व देखिएको छ ।
बिहीबार माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञवालीले जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गर्ने लिखित सहमति गरेको थियो । तर, शनिबार प्रदेश कमिटीले सो निर्णय उल्ट्याउँदै जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको हो ।
प्रदेशको सोनिर्णबाट कैलाली इन्चार्ज ज्ञवाली रुष्ट बनेका छन् । ज्ञवालीले जिल्ला समन्वय समिति गठन गर्न बिहीबार तीन दल (नागरिक उन्मुक्ति पार्टी, नेकपा एमले र माओवादी केन्द्र) बीच भएको सहमति कायमै रहेको समेत बताएका छन् । ‘म एमालेसहितको गठबन्धनबीच भएको सहमतिमा प्रतिबद्ध छु,’ ज्ञवालीले भने, ‘तर कांग्रेससँग कसले सहमति गर्यो जानकारी भएन ।’
यता माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरीले भने एमाले र नागरिक उन्मुक्ति पार्टी सँग समन्वय समिति गठन बारेमा लिखित सहमति नै नभएको र सामान्य छलफलमात्रै भएको प्रतिक्रिया दिएका छन् । ‘एमाले सहितका दलसँग समन्वय समिति गठनका बारेमा सामान्य छलफल मात्रै भएको हो,’ प्रदेश अध्यक्ष चौधरीले भने, ‘तर केन्द्रीय गठबन्धनको मर्म अनुसार नै हामी अघि बढ्ने हौं । दायाँबायाँ सोच्ने कुरै हुँदैन ।’ मोहन जोशी, न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend