बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि शनिबार मनोनयन दर्ता भएको छ । जिससमा ९ पदका लागि १७ जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बैतडीमा जिससको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले साझा उम्मेदवारी दिँदा भने एमाले एक्लैले उम्मेदवारी दर्ता गरेको छ ।
जिसस प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट मोहनबहादुर थापाले उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट हेमा भट्ट (कपाडी)को उम्मेदवारी दर्ता भएको छ ।
खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेको तर्फबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दीपेन्द्रबहादुर धानुकको मनोनयन दर्ता भएको छ ।
यस्तै खुला तीन महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका यशोदा चन्द, माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना पार्कीको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेबाट महिला सदस्यमा चन्द्रा जोशी (पाण्डेय) र यशोदा महरा गरेर दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।
यस्तै दलित सदस्यमा नेपाली कांग्रेसबाट नेपाली र एमालेबाट द्रोपती दयालको उम्मेदवारी दर्ता भएको छ । जिससमा पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने प्रावधान छ । जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मतदानको समय तोकिएको छ ।
१० स्थानीयतहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली कांग्रेससँग छ भने, २ भोट नेकपा माओवादी केन्द्रसँग छ । एमाले एक्लैसँग ८ भोट हुँदा स्वतन्त्रसँग एक भोट रहेको छ । यसरी गठबन्धनको जित हुने निश्चित जस्तै देखिन्छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend