बारा । नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवले महागढीमाई नगर कार्यपालिकाको सदस्यहरुको निर्वाचनमा काँग्रसी उम्मेदवारहरुलाई पराजित गराउन सफल भएका छन् । प्रधानमन्त्री देउवाका निकट राधेचन्द्र यादव र उनका छोरा राजेश राय यादव नै अन्तर्घातमा लागेको भन्दै बारा कांग्रेसमा आरोप प्रत्यारोप चलेको छ ।
सभापति राजेश राय यादवका बाबु राधेचन्द्र यादवको निर्वाचन क्षेत्रमा पर्ने महागढीमाई नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा काँग्रेस पार्टीका उम्मेदवाहरु निर्वाचित भएमा काँग्रेसका नगर प्रमुख उपेन्द्र यादवलाई काम गर्न सजिलो हुने देखेर नै उनीहरु काँग्रेसी उम्मेदवारलाई हराउन खेल खेलेको आरोप छ । छोरा राजेश र बाबु राधेचन्द्र दुवै मिलेर कार्यपालिकामा कांग्रेस हराएर विपक्षीलाई सहयोग गरेको कुरा कांग्रेसभित्रै उठेको छ ।
बैशाख ३० को स्थानीय तहको निर्वाचनमा पनि उपेन्द्र यादवलाई हराउनका लागि सभापति राजेश र बुवा राधेचन्द्र जसपाका उम्मेदवार रामबाबु यादवलाई आफनो नजिका व्यक्तिहरु परिचालन गरी सहयोग समेत गरेका महागढीमाईका काँग्रेसीहरुले भन्दै हिंडेका छन् । उपेन्द्र यादवलाई टिकट नै नदिन लागेका राधेचन्द्र र राजेशले पछि उम्मेदवार भएपछि पैसाले किनेर ल्याएकाले हराउनुपर्छ भन्दै खुलेआम लागेका थिए ।
कलैया उपमहानगरमा मेयर हुँदा कुहिएको दाल कोरोनाको समयमा राहत बाँडेका कारण आधा भन्दा बढी मतले राजेश राय मेयरमा पराजीत भए । तर उपेन्द्र यादव राधेचन्द्रका बाबुछोराको अन्तर्घातका बाबजुद जिते । उपेन्द्रले जितेपछि उनलाई नगरपालिकामा असफल पार्न कार्यपालिकामा कांग्रेस हराएको आरोप राधेचन्द्रका पितापुत्रमाथि छ । राजेश राय यादवकै इशारामा चलेर सत्ता साझेदार पाँच दलीय गठबन्धनको सम्झौता बिपरीत जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले एमालेसँग गठबन्धन गर्न लगाएका थिए ।
८ जना कार्यापालिका सदस्य निर्वाचित हुने निर्वाचनमा नेपाली काँग्रेसले एमाले–समाजवादीसँग गठबन्धन गरेर निर्वाचनमा भाग लिएको थियो । शुक्रबार गरिएको कार्यपालिका सदस्यहरुको मतदानमा काँग्रेसबाट नगरको उपप्रमुखमा निर्वाचित बनेकी तारा देवीको अन्तर्घात र एमाले–जसपा गठबन्धनका कारणले काँग्रेसका उम्मेदवारहरुले पराजय भोग्नुपरेको काँग्रेस पार्टीबाट निर्वाचित महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले आरोप लगाएका छन् ।
कार्यपालिका सदस्यका लागि जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, नेपाली काँग्रस बाराका सभापति राजेश राय यादवको डिजाइनमा नै पाँच दलीय गठबन्धनको नीति बिपरीत गएर एमालेसँग निजी स्वार्थका लागि गठबन्धन गरेर काँग्रेस–एमाले समाजवादी पार्टीका उम्मेदवारलाई हराउने काम गरिएको उनले आरोप लगाए ।
५७ सदस्यीय नगरसभा सदस्यहरुमध्ये नेपाली काँग्रेससँग २३ सदस्य, एमाले–समाजवादीसँग ५ गरेर हामीसँग २८ जना रहेका थिए–नगर प्रमुख उपेन्द्र यादवले भने । जसपासँग १३ र एमालेसँग १६ गरेर उनीहरुसँग २९ सदस्य रहेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend