Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको मागः जग्गा कीर्ते गरेको अभियोगमा पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गरियोस्


    शुक्रबार, जेष्ठ २० २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । राष्ट्रिय  प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जेठ १३ गते सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो । 

    कित्ता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गासहित बैना बापत पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

    सोही घट्नामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका—७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार छन् । 

    पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले चुनाव सकिएपछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरूले राप्रपाविरुद्ध षडयन्त्र गर्दै सुनियोजित रूपमा फसाएको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार