Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसी हमला १००औँ दिनमा प्रवेशः २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा


    शुक्रबार, जेष्ठ २० २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ । युक्रेनलाई निशस्त्रीकरण गर्ने र नाजी सोचबाट मुक्त गर्ने भन्दै २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो । यसबीचमा रुसले महत्वपूर्ण सहर मारिओपोललाई कब्जा गरेको दाबी गरेको छ ।

     रुसले राजधानी किभलगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरे पनि युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण पछि हटेको बताइएको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकालगायतका पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । अमेरिकाले युक्रेनलाई हालसालै मात्र अत्याधुनिक क्षेप्यास्त्र दिने घोषणा गरेको छ 

    पूर्वी दोनबास क्षेत्रमा रुसी सेनाले रणनीतिक सफलता प्राप्त गरेको भए पनि उसले ठूलो मूल्य चुकाएको बेलायती सेनाको गुप्तचर निकायले जनाएको छ । 

    युद्धमा हालसम्म २० प्रतिशत युक्रेनी भूमिमा रुसी सेनाले नियन्त्रणमा लिएको युक्रेनी राष्ट्रपति भोलोदिर जेलेन्स्कीले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार