Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिसडोल अवलोकन गर्दै बालेनले भने– केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ


    शुक्रबार, जेष्ठ २० २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान सिसडोल अवलोकन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने आश्वासन दिएका छन् ।

    स्थानीयको गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिएका हुन्  ।

    केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने बताउँदै उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’

    फोहोरबाट मल बनाउने सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना सुनाउँदै उनले यी सबै काम गर्न तीन–चार महिना लाग्नसक्ने बताए ।

    उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार