काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेताविरुद्ध अन्तर्घात गर्नेलाई शनिबार कारबाही गरेको छ । तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई भने यो मन नपरेको भाव व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै शेखरले पार्टीका वरिष्ठ नेतालाई कारबाही गर्नुलाई दुर्भाग्यपूर्ण रहेको बताए ।
शनिबार नेपाली कांग्रेसले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । जोशी र ओझालाई ५/५ वर्ष र बिष्टलाई ३ वर्षको लागि निष्कासन गरिएको छ ।
पछिल्लो समय कांग्रेसले अन्य पार्टीका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर चलाएको छ । शनिबार नै राप्रपाका सुनिलबहादुर थापा लगायत ३१ जनाले पार्टीबाट राजीनामा दिइ कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । यस्तो बेलामा सम्पूर्ण जीवन पार्टीमा बिताएका वरिष्ठ नेतालाई निष्कासन गर्दा के सन्देश जान्छ भन्दै शेखरले नेतृत्वलाई प्रश्न समेत गरेका छन् ।
जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही भएको बताइएको छ ।
त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो । राणाविरुद्ध भित्रिरुपमा ‘टुरिस्ट भगाउ’ अभियान’ सञ्चालन गरेको ओझामाथि आरोप थियो ।
यस्तै कार्यालय सचिव बिष्ट र महिला संघका नेतृबीच झडप भएको विषयलाई लिएर कारबाही गरिएको छ । गत असार तेस्रो साता कार्यालय सचिव बिष्टको कुटपिटबाट महिला संघकी केही नेतृहरु घाइते पनि भएका थिए । यिनै कारणहरु बताइएपनि यी तीन माथि रिसइबीको आधारमा कारबाही भएको समेत कांग्रेस वृत्तमा चर्चा चलेको छ।
सामाजिक सञ्चालमा आफ्नो विचार राख्दै डा. कोइरालाले भनेका छन्, ‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend