Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेखरलाई मन परेन जोशीविरुद्धको कारबाही


    आइतबार, साउन ११ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेताविरुद्ध अन्तर्घात गर्नेलाई शनिबार कारबाही गरेको छ । तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई भने यो मन नपरेको भाव व्यक्त गरेका छन् । 

    आइतबार सामाजिक सञ्जालमा लेख्दै शेखरले पार्टीका वरिष्ठ नेतालाई कारबाही गर्नुलाई दुर्भाग्यपूर्ण रहेको बताए । 

    शनिबार नेपाली कांग्रेसले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । जोशी र ओझालाई ५/५ वर्ष र बिष्टलाई ३ वर्षको लागि निष्कासन गरिएको छ ।

    पछिल्लो समय कांग्रेसले अन्य पार्टीका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर चलाएको छ । शनिबार नै राप्रपाका सुनिलबहादुर थापा लगायत ३१ जनाले पार्टीबाट राजीनामा दिइ कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । यस्तो बेलामा सम्पूर्ण जीवन पार्टीमा बिताएका वरिष्ठ नेतालाई निष्कासन गर्दा के सन्देश जान्छ भन्दै शेखरले नेतृत्वलाई प्रश्न समेत गरेका छन् ।  

    जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही भएको बताइएको छ  । 

    त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्‍नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो । राणाविरुद्ध भित्रिरुपमा ‘टुरिस्ट भगाउ’ अभियान’ सञ्चालन गरेको ओझामाथि आरोप थियो ।

    यस्तै कार्यालय सचिव बिष्ट र महिला संघका नेतृबीच झडप भएको विषयलाई लिएर कारबाही गरिएको छ । गत असार तेस्रो साता कार्यालय सचिव बिष्टको कुटपिटबाट महिला संघकी केही नेतृहरु घाइते पनि भएका थिए । यिनै कारणहरु बताइएपनि यी तीन माथि रिसइबीको आधारमा कारबाही भएको समेत कांग्रेस वृत्तमा चर्चा चलेको छ।

    सामाजिक सञ्चालमा आफ्नो विचार राख्दै डा. कोइरालाले भनेका छन्, ‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार