लमजुङ । लमजुङको आठ स्थानयि तहमध्ये चारमा नेपाली कांग्रेसले जितेको छ भने चारमा एमालेले जितेको छ । लमजुङका ७५ वडामध्ये चार वडाध्यक्षमा स्वतन्त्रका निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राइनास नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवार देउबहादुर पौडेल वडाध्यक्षमा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनले कांग्रेसका सुनील बख्रेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका पौडेलले बागी उम्मेदवारी दिएका थिए । उनी ४ सय ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका बख्रेलले २ सय ७७ मत ल्याए ।
बेंसीसहर नगरपालिका ६ मा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उठेका प्रकाश थापाले वडाध्यक्ष जितेका छन् । उनले ५ सय २२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भइरहँदा एमालेका नरबहादुर रिमालले ४ सय ९७ मत पाएका थिए । कांग्रेसका उद्धव बस्नेतले ३ सय ४३ मत ल्याएका छन् । दूधपोखरी गाउँपालिका ३ मा माओवादी समर्थित स्वतन्त्र उम्मेदवार श्याम गुरुङले वडाध्यक्ष जितेका छन् ।
गठबन्धनले उक्त वडा माओवादीको भागमा पारेको र माओवादीले औतराम तामाङले टिकट दिएपछि मीनले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवारी मनोनयन दर्ताका दिन हेलिकोप्टर चार्टड गरेर आएका उनले २ सय २८ मत प्राप्त गरेर वडाध्यक्ष जिते । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ मत ल्याए । एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् ।
दोर्दी गाउँपालिका ३ मा गठबन्धनले माओवादी केन्द्रका कुलप्रसाद श्रेष्ठलाई टिकट दिएपछि कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएका थिए । उनले ३ सय ७१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका श्रेष्ठले ३ सय ४० मत ल्याए । एमालेका लोकराज घिमिरेले १ सय २२ मत ल्याएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend