Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटका १८ वटै पालिकाको नतिजा, कुन दलले कहाँ-कहाँ जिते ?


    बिहिबार, जेष्ठ १२ २०७९
    480
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट । रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले सात, नेकपा(एस)ले चार, एमालेले तीन, लोसपाले दुई तथा जसपा  र माओवादी केन्द्रले एक एक पालिकामा जित हात पारेका छन् । 

    कांग्रेसले फतुवा विजयपुर, राजपुर, कटहरिया, गढीमाई, चन्द्रपुर, परोहा र माधव नारायण नगरपालिकामा जितेको छ । २०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यो पटक एक पालिका गुमाएको हो । यसअघि कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ ।

    एकीकृत समाजवादी वृन्दावन, गौर, बौधीमाई र राजदेवी नगरपालिकामा विजयी भएको छ । 

    एमालेले देवाही गोनाही, गरुडा र मौलापुर नगरपालिकामा जित हात पारेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिका जितेको हो ।

    यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको गरुडा र देवाही गोनाहीमा एमालेले जित हात पारेको हो । 

    लोकतान्त्रिक समाजवादी पार्टी ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ । 

    गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ ।  २०७४ को निर्वाचनमा तीन पालिका जितेको माओवादी केन्द्रले रौतहटमा यो पटक एउटा पालिकामा जित हासिल गरेको हो। 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार