Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन ओलीकाे निर्देशन


    बुधबार, जेष्ठ ११ २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिएका छन् । 

    आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् । 

    ‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भने, ‘उहाँले संसदमा सशक्त रुपमा पेश हुन आग्रह गर्नु भएको छ ।’ 

    बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र  परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गरेका थिए । 

    संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए । 

    बैठकमा निर्वाचनको विषयमा गम्भिर छलफल नभएको नेता रावलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार