काठमाडौं । देशकै चर्चित मानिने भाटभटेनी सुपर मार्केटलाई म्याद नाघेको पानी बेचेको अभियोगमा आज बाणिज्य बिभागले ३ लाख जरिवाना गरेको छ ।
यसअघि बन्दाबन्दीको बेलामा पनि तोकिएको मूल्यभन्दा बढी लिई सामान बेचेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्ने क्रममा क्षेत्रपाटीमा रहेको केके मार्ट र हात्तीगौडामा रहेको बिगमार्टलाई तीन -तीन लाख रूपैयाँ जरिवाना गरेको थियो ।
यसरी ठूला मार्टले नै म्याद नाघेका र तोकिएको मूल्यभन्दा बढी लिई सामान बेच्ने गरेपछि उपभोक्ता वर्गमा सुपरमार्केटप्रतिको आकर्षण घट्दै गएको छ ।