विराटनगर । श्वास प्रश्वासमा समस्या भएर ल्याइएका उदयपुरका पदम राईको उपचार गर्न अस्पतालले नमानेपछि एम्बुलेन्समै उनको दुःखद् मृत्यु भएको छ । यसले अस्पतालको लापरबाहीलाई उजागर गरेको छ ।
बिराटनगरका दुई अस्पतालले उपचार गर्न इन्कार गर्दा उदयपुरका राईको एम्बुलेन्समै मृत्यु भएको छ । बिराटनगरको कोशी अस्पताल र नोबेल अस्पतालले भर्ना नलिएका कारण ती युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो उदयपुरका ती युवकलाई नोबल अस्पताल र कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो । ती अस्पतालले उपचार गर्न नमान्दा २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो ।
नोबल मेडिकल कलेजले उपचार गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो ।
मृतकका आफन्त रोमा गोलेले बेहोस राईको उपचार गर्न अस्पतालले नमानेको बताइन् । स्वासप्रश्वासमा समस्या देखिएपछि पदम राईलाई बिहीबार कटारी अस्पताल लगिएको थियो । कटारी अस्पतालमा उपचार नहुने भएपछि रेफर गर्यो । कटारी अस्पतालले रेफर गरेपछि शुक्रबार विराटनगरको नोबल मेडिकल कलेज ल्याएका थिए । दिउँसो २ बजेसम्म उनको अवस्था सामान्य रहेको थियो । तर अस्पतालले उपचार गर्न नमानेपछि कोशी अस्पतालमा लगे । कोशीमा पनि उपचार नगरेपछि उनको एम्बुलेन्समै प्राणान्त भएको हो ।