Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरको प्रमुखमा नेकपा एसका आचार्य र उपप्रमुखमा एमालेकी गुरुङ विजयी


    बुधबार, जेष्ठ ११ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् ।

    महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

    आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

    उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतसहित निर्वाचित भइन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार