Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशबाट आउने सबैको कोरोना परीक्षण गरिनेः मन्त्री ढकाल


    शुक्रबार, साउन ९ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताउनुभएको छ ।

    शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिनुभयो । उहाँले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो कमद विज्ञहरूको सल्लाह र सुझावमै भैरहेको बताउनुभयो ।

    मन्त्री ढकालले विज्ञहरूबाट समेत सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले होस्टेमा हैँसे गर्नुपर्ने बताउनुभयो । उहाँले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आ–आफ्नो ठाउँबाट योगादन गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउनेगरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

    विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समुदायमा नफलिएको भन्दै खास ठाउँमा देखिएको संक्रमणलाई समुदायको भन्न नमिल्ने बताउनुभयो । उहाँले अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास ज्यादै नै सराहनीय रहेको बताउनुभयो । विकसित देशको भन्दा राम्रोसँग कोरोनाको निन्यत्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

    सो कार्यक्रमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

    संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।

    जनस्वास्थ्यविद् डा सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिनुभयो ।
    नेपाल मेडिकल एसोसियनका अध्यक्ष डा. लोचन कार्कीले हेल्थ वर्करहरूलाई अहिले महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    भाइरोलोजिष्ट डा.समीरमणि दीक्षितले कोरोना भाइरसको डर कम गर्न नमुनाहरूको परीक्षण बढाउनुपर्ने र जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदका लागि पर्याप्त नमुनाहरू दिएर सहोग गर्नुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार