Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री खाँणकाे प्रतिबद्धता- ताप्लेजुङ घटनाको छानबिन गरी दाेषीलाई कारबाही गरिनेछ


    मंगलबार, जेष्ठ १० २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन हुने बताएका छन् । 

    एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले  गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन् । 

    छानबिनबाट दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री खाँणको प्रतिबद्धता छ ।  ‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा २८ वैशाखको राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार