Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखराका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग


    मंगलबार, जेष्ठ १० २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा मत कम भएको भन्दै पुनः मत गणना गर्न माग गरेको छ ।

    एमालेले वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो ।

    प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएकाे हाे । 

    वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा सोमबार आएको थियो । दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार