Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरका ३२ वडामध्ये २२ वटामा मतगणना सम्पन्न: कांग्रेस १४, एमाले ८ वटामा विजयी


    मंगलबार, जेष्ठ १० २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ । 

    निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, ८ वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडा अध्यक्षमा विजय प्राप्त गरेका छन् । 

    काठमाडौं महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ । 

    मतगणना सकिएकामध्ये वडा नं. ६, ७, ८, ९, १०, ११, १२, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । 

    एमालेका उम्मेदवारले वडा नं. १, २, ३, ४, ५, २३, ३१ र ३२ को वडा अध्यक्षमा जितेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार