Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरको मेयरमा रेनु दाहाल १२ हजार मतान्तरले विजयी


    मंगलबार, जेष्ठ १० २०७९
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी नेतृ  रेनु दाहाल दोस्रो पटक निर्वाचित भएकी छन् ।

    वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार बनेकी थिइन् । 

    नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पार्दै विजयी भएकी उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् ।  सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।

    यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।

    उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।

    दाहाल २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी उनी पार्टीभित्र इमान र प्रतिष्ठाका लागि संघर्षरत नेतृका रूपमा पनि स्थापित छन् । माओवादी आन्दोलन सुरु भएदेखि नै कम्युनिस्ट राजनीतिमा लागेकी उनी १० वर्षे माओवादी जनयुद्धमा पनि सक्रिय भूमिकामा थिइन् ।

    २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध सुरु भएपछि भूमिगत भएकी थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार