Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • वीरगञ्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज विजयी


    मंगलबार, जेष्ठ १० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह निर्वाचित भएका छन् ।

    एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा  २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । राजेशमानले  ४६ हजार २१५  मत पाउँदा विजयले २३ हजार  ६७१ मतमात्रै पाए ।

    वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ७५.२४  प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

    यस्तै उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । इम्तियाजले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९५६८ मतमात्रै पाएका छन् । राप्रपाकी चिना जैसवालले ५९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३९०९ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार