Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ- रामचन्द्र पौडेल


    सोमबार, जेष्ठ ९ २०७९
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् । 

    संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए । 

    तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे ।  

    सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन  पनि गरे । 

    ‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ । म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु’, पौडेलले भने । 

    उनले विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको पनि बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार