Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी


    सोमबार, जेष्ठ ९ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । झापाको कमल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार आठ सय ६८ मत ल्याएर अध्यक्ष जितेका हुन्।

    यहाँ नेकपा एमालेका उम्मेदवार भीम राईले नौ हजार छ सय ५३ मत ल्याएका थिए। हुकुमसिंह २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए।

    कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार आठ सय ४५ मत ल्याएर निर्वाचित भएकी छन्।

    यहाँ नेकपा माओवादी केन्द्रका पर्शुराम सुवेदीले आठ हजार तीन सय ७१ मत ल्याएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार