Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँको ब्यास नगरपालिकामा कांग्रेस बिजयी, गोविन्द जोशीका छोरा पराजित


    सोमबार, जेष्ठ ९ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहु । ब्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बैकुन्ठ न्यौपाने बिजयी भएका छन् । उनी १२ हजार ७८ मत प्राप्त गरी प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे ।

    जोशीलाई एमालेले समर्थन गरेको थियो । जोशीलाई शंकर भण्डारीले समेत भित्रभित्रै सघाएकाले उनले उल्लेख्य मत पाएका थिए । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई देखाउनका लागि भण्डारीले सघाएकै कारण झन्डै न्यौपाने हारेका थिए । न्यौपाने २ सय ५२ मतले मात्र बिजयी भएका हुन् । 

    यस्तै, ब्यासको उपप्रमुखमा कांग्रेसबाट इन्दिरा दरै निर्वाचित भएकी छन् । दरैले १३ हजार ४९८ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार