Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महागढीमाई नगरपालिकामा कांग्रेस विजयी 


    आइतबार, जेष्ठ ८ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् ।

    यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवले ७ हजार ३ सय ७६ मत ल्याए ।

    उपमेयरमा निर्वाचित कानुले ७ हजार ९ सय ९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पुष्पान्जली देवीले ७ हजार १० मत ल्याएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार