Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसका बस्नेत पुनः निर्वाचित 


    शनिबार, जेष्ठ ७ २०७९
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । उपप्रमुखमा नेकपा एमाले की उमेदवार निर्वाचित भइन् ।

    शनिबार सार्वजनिक अन्तिम मत परिणामानुसार प्रमुखमा कांग्रेसका मोहनबहादुर बस्नेत १० हजार १८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार नन्दनहरि गौतमले आठ हजार ३६८ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    कांग्रेस वाग्मती प्रदेशका उपसभापति बस्नेत निवर्तमान प्रमुखसमेत हुन् । 

    उपप्रमुखमा एमालेकी सुशीला अधिकारी निर्वाचित भएकी छन् । उनले नौ हजार ४७४ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार कल्पना नेपालीले दुई हजार ७५३ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार