Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तुलसीपुर उपमहानगरमा काँग्रेसलाई पछि पार्दै एमालेका खड्का ३८९ मतले अगाडि


    शनिबार, जेष्ठ ७ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ । तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।

    २९ हजार ७५७ मत गणना हुँदा एमालेका प्रमुख पदका उम्मेदवार टिकाराम खड्का ३८९ मतले अगाडि छन्। उनले १२ हजार ४२९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ४० मत ल्याएका छन्।

    यस्तै, उपप्रमुखमा एमालेबाट स्यानी चौधरीले ११६६७ मत ल्याएकी छन् , भने गठबन्धनबाट  नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार जोगबहादुर राणा मगरले ९ हजार १ सय ९० मत ल्याएका छन्। अहिलेसम्मको मत परिणाम अनुसार वडा नम्बर १,२,३,४,५, ६ को मत परिणामको घोषणा भइसकेको छ ।

    जसमा १ नम्बर वडामा गठबन्धनबाट माओवादी केन्द्र, २,३ र ६ मा नेकपा एमाले, ४ मा गठबन्धनबाट माओवादी केन्द्र, ५ मा गठबन्धनबाट काङ्ग्रेसले जित हासिल गरेको छ। ७० हजार बढी मत खसेको तुलसीपुरमा अहिले ७,८ र ९ नम्बर वडाको मतगणना भैरहेको छ।

    ७ नम्बर वडामा गठबन्धनले अग्रता लिएको छ भने ८ र ९ नम्बर वडामा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्मको मत गणना अनुसार प्रमुख पदमा ४ हजार ८ र उपप्रमुख पदका लागि ६ हजार ३६ मत बदर भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार