Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीवास्तव विजयी 


    शनिबार, जेष्ठ ७ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा विनोदकुमार श्रीवास्तव र उपाध्यक्षमा कुमारी प्रियंका शाही सिंह विजयी भएका हुन् ।

    श्रीवास्तवले चार हजार १३४ मत पाएर निर्वाचित हुँदा निवर्तमान गाउपालिका अध्यक्ष माओवादी केन्द्रका जितेन्द्र शुक्लाले तीन हजार ५०२ मत पाएका छन् ।

    उपाध्यक्षमा कुमारीले ४००४ मत पाएर निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी पार्टीका विन्द्रावती गुप्ताले ३३०४ मत पाएकी निर्वाचन अधिकृत पिताम्बर भण्डारीले बताए ।

    सातवटा वडामध्ये नेपाली कांग्रेसले वडा नं १, ३ र ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र ७ तथा माओवादी केन्द्रले वडा नंं ५ र ६ को वडाध्यक्ष जितेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार