जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता बढाउँदै लगेका छन् । उनले आठ हजार ४३६ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पाँच हजार ८९५ मत ल्याएका छन् भन् तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले तीन हजार ४० मत पाएका छन् ।
चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले दुई हजार ५७५ र सत्तारुढ दलहरुको पनि समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साहले दुई हजार ३७३ मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार किशोरी साहले नौ हजार ४४५ मत पाएर अग्रस्थानमा छिन् । दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणाकुमारी झाले ६ हजार ९०४, लोकतान्त्रिक समाजवादी पार्टीकी रीताकुमारी मिश्रले तीन हजार ५९ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले दुई हजार ४९६ मत पाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend