Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • धरानका स्वतन्त्र उम्मेदवार राईको २ हजारभन्दा बढी मत अन्तरको  अग्रता कायमै


    शनिबार, जेष्ठ ७ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् ।

    शनिबारको मतपरिणाम अनुसार उनले १३ हजार ६३१ मत पाएका छन् । उनी कांग्रेसका उम्मेदवारभन्दा २ हजार ६४ मतले र एमालेका उम्मेदवार भन्दा ४ हजार १८८ मत अन्तरले अगाडि छन् ।

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार ४४३ मत परेको छ ।

    यसैगरी उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाको अग्रता छ । बेघाले १३ हजार ६६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १२ हजार ७५४ मत पाएका छन् ।

    अहिलेसम्म ४३ हजार ५२२ मत गणना भइसकेको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२,१ ४, १८ र १९ को मत गणना सकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार