Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बालेनको मत ३३ हजार भन्दा बढी, केशव र सिर्जनाबीच १३५मतको अन्तर


    शनिबार, जेष्ठ ७ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

    स्वतन्त्र उम्मेदवार बालेन शाह ३३ हजार ६ सय ३४ मतसहित अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार उनलाई १८ हजार एक सय ८९ मतसहित एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।

    गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहको १८ हजार ५४ मत आएको छ । सिर्जना र स्थापितको मतान्तर एक सय ३५ मात्रै छ । हालसम्म ९१ हजार नौ सय ७२ मत गणना भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार