लमजुङ।कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन्। बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्षमा बसेर काम गरेका छन् । ०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन् ।
झन्डै ४ दशक जनप्रतिनिधि भएर काम गरेका ६५ वर्षीय अर्याल पाँच वर्ष जनप्रतिनिधि भएर पुनः मेयरमा निर्वाचित भएसँगै बेसीशहर नगरपालिकाको पदभार सम्हालेका छन् । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेका उनी ०४३ सालमा बेंसीसहर गाउँ पञ्चायतको प्रधानपञ्च बने । त्यतिबेलाका चर्चित व्यक्तित्वहरू रणबहादुर अधिकारी, गणेशबहादुर रावल, बमबहादुर अर्याल, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेललगायत ७ उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च बनेका थिए । उनीसँगै जिल्लाभर ४ जना जनपक्षीय उम्मेदवारले चुनाव जितेका थिए ।
०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नम्बर ८ को अध्यक्षको उम्मेदवार बनायो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनाव लडेका बालकृष्ण बराल पराजित भए । भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए । ०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई फेरि बेंसीसहर गाविसको अध्यक्षमा उठायो । कांग्रेस उम्मेदवार बेंसीसहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल गाविस अध्यक्षमा निर्वाचित भए ।
०७४ को निर्वाचनमा पनि अर्याल कांग्रेसका भेषबहादुर पौडेललाई हराउँदै नगर प्रमुख बने । ०७४ मा एमाले–माओवादी केन्द्र चुनावी एकताबाट बेंसीसहर नगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि एमालेका उम्मेदवार अर्याल गठबन्धनका उम्मेदवारलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend