भैरहवा। रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन् । ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे । एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने चर्चा थियो, अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि गया जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।
यस्तै, पालिका उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसको सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन । ७ वडा रहेको मर्चवारीमा वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण कुमार सिंह ७ सय ६३ मत ल्याई निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका क्षेत्रिय सभापति मुकेश यादवले ७ सय ३७ मत प्राप्त गरे ।
वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी, वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव, वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी, वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह, वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द, र वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मि निर्वाचित भएका छन । २२ हजार ७ सय ४७ मतदाता रहेको पालिकामा १७ हजार ३ सय ५७ जनाले मताधिकार प्रयोग गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend