काठमाडौं । बिहीबार देशभर १ सय ४७ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ३ हजार ४ सय ८१ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार १ सय ६१ जना पुगेको छ। काठमाडौं उपत्यकामा नौ जना संक्रमित भेटिएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ८ सय ४० पुगेकाे छ ।
वीरगञ्जका एक ७० वर्षीय वृद्ध मृत्यु भएको र बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।