काठमाडौं । झम्सिखेलमा क्षेत्रमा बिहीबार सडक दुर्घटना भएको छ । दुई वटा कार र एउटा मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो बा ८ च ७२५६ नम्बरको कारको टायर पञ्चर भएर विपरीत दिशाबाट आउँदै गरेको बा ११ च ११७० नम्बरको कारसँग ठोक्किए थियो।
सोहीबेला पछाडिबाट आउँदै गरेको प्रदेश २-०३-००३ प ६८३४ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो। दुर्घटना हुँदा मोटरसाइकल चालक सामान्य घाइते भएका छन्।
उनको अल्का अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालय जावलाखेलले जनाएको छ ।