काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद झन् जटिल बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सो भेटमा गम्भीर छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
पछिल्लो समय प्रम ओली आफ्नै कार्यशैलीका कारण पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको घेराबन्दीमा छन् । नेकपाको जारी स्थायी समिति बैठकमा प्रचण्ड-नेपालकै तर्फबाट ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष पदबाट राजीनामा दिन भनिइसकेको छ ।
तर आफ्नो पद छोड्न नचाहेका ओलीले उस्तै परे पार्टी नै फोरेरै भएपनि केहीसमय सत्ता टिकाउने रणनीतिमा लागेको विपक्षीहरुले आरोप लगाइरहेका छन् । यसका लागि प्रम ओलीले यसअघि अध्यादेश ल्याएसँगै नेकपा फुट्न लागेको चर्चा चलेको थियो । प्रम ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत् देउवासँग सत्ता सहकार्यको प्रस्ताव राखेको खबर पनि बाहिरिएको थियो । यसका लागि दुई पक्षबीच भित्री संवाद भैरहेको चर्चासमेत सेलाएको छैन ।
प्रम ओलीले पछिल्लो समय राखेको ‘अर्ली’ महाधिवेशनको प्रस्ताव पनि असफल हुन थालेपछि फेरि देउवासँगै सम्वाद बढेको बुझिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै ओली-देउवाबीच भेट भएको पुष्टि गरेका छन् । तर भेटमा लकडाउनपछि उत्पन्न भएको नयाँ परिस्थितिको बारेमा कुरा भएको विज्ञप्तिमा उल्लेख छ ।
तर विश्लेषकहरुले पार्टी भित्रका विवाद समाधान हुन नसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका सभापतिसँग ओलीको भेटलाई अर्थपूर्ण भनेका छन् । यसअघिको भेटको खबर तीन दिनपछि मात्रै बाहिरिएपनि यो पटकको भेट तत्कालै बाहिरिएसँगै चोतर्फी चासो समेत बढेको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend