Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंमा राप्रपाको उदय : शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ ।

    निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र रमेश नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएको छ ।

    ०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

    शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार