Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइजीपी सुधारका कुरा गर्ने, मातहतका प्रहरी हाकिम कवाडीसमेत नछाड्ने ?


    बिहिबार, साउन ८ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • चितवन ट्राफिक कार्यालय र इन्सेटमा इन्स्पेक्टर दयाकृष्ण भट्ट

    चितवन । आइजीपी शैलेश थापाले प्रहरीमा सुधार गर्ने भाषण गरिरहेका छन् । तर मातहतका प्रहरी हाकिमहरु भने कार्यालयका कवाडी सामान बिक्री गर्दा समेत घुस खान तल्लीन छन् । एक जिल्लाका ट्राफिकका हाकिमले त्यस्ता कवाडी मोटरसाइकल र तिनका साइलेन्स पाइपहरु मुचुल्का समेत नउठाई बिक्री गरी आम्दानी खल्तीमा हालेको समाचार छ ।

    सन्दर्भ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको हो । चितवन ट्राफिक प्रहरी कार्यालयले २०७६ चैत पहिलो साता कारबाहीमा ल्याइएका पुराना मोटरसाइकल र साइलेन्सर पाइपसम्म कवाडीमा बिक्री गर्यो । एक ट्रक पुराना मोटरसाइकल र साइलेन्सर पाइप एउटा वर्कसपलाई बिक्री गरी आम्दानी बाँध्नुपर्नेमा त्यसो नगरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले नै लिएको आरोप छ ।

    चितवनमा ट्राफिक प्रहरी स्थापनादेखिकै दुर्घटनामा परेका मोटरसाइकल र कारबाहीमा परी झिकिएका साइलेन्सर पाइपहरु बिक्री गरिएको थियो । एक वर्कसपका मालिकले इन्स्पेक्टर भट्टलाई सुटुक्क पैसा दिएर तारजालीले घेरेर राखिएका त्यस्ता पुराना मोटरसाइकल र गाडीहरु ट्रकमा हालेर लगेका थिए । ती सामान मोटरसाइकल र गाडी चोरीको कारोबार गर्ने भरतपुरको मनकामना वर्कसपका दीपेन्द्र श्रेष्ठ दीपुलाई बिक्री गरिएको स्रोतको दाबी छ । आम्दानीसमेत नबाँधी मुचुल्का समेत नउठाई एक ट्रक पुराना मोटरसाइकल र पाइपहरु बिक्री गरिएको रकम इन्स्पेक्टर भट्टले अनियमितता गरेका छन् । केही हिस्सा अफिसक्लर्क हरेराम खतिवडालाई दिएर अरु सबै भट्टले खाएको आरोप छ ।

    स्रोतका अनुसार २० बर्षदेखिका पुराना सामान सुटुक्क बिक्री गरिएको थियो ? के कति सामान थियो, कतिमा बिक्री गरियो, मुचुल्का समेत उठाइएको छैन । मुचुल्का समेत नउठाई बिक्री गरिएको बिषयमा बागमती प्रदेशका डीआइजी बसन्त लामादेखि प्रहरी प्रधान कार्यालयसम्म उजुरी पुगेको छ ।

    ट्राफिक प्रमुख इन्स्पेक्टर भट्ट र अफिसक्लर्क हरेराम खतिवडाले सट्याकसुटुक बिक्री गरेको बिषयमा अरु प्रहरीलाई चुप गराउन एउटा खसी ल्याएर भोज खुवाइएको थियो । सो भोजमा असई इन्द्र घिसिङ सहभागी भएनन् । निरीक्षक भट्टसँग उनको सम्बन्ध राम्रो छैन । यसैले उक्त कवाडी बिक्रीकाण्ड बाहिर नजाओस् भन्नका लागि इन्स्पेक्टर भटटले अफिसक्लर्क खतिवडालाई डेढकिलो मासु घिसिङको घरमै पुर्याउन लगाएको बिषयले पनि चर्चा पाएको छ ।

    सई कृष्ण ठकुरीले थाहा पाए पनि बिरोध गर्ने अवस्था उनको छैन । ठकुरी दरबन्दी ट्राफिक प्रहरी महाशाखामा भए पनि श्रीमती बिरामी भएको बहानामा २४ बर्षदेखि चितवन ट्राफिकमै कार्यरत छन् । दरबन्दी जहाँ भए पनि उनी चितवन ट्राफिकमै जागिर खाएदेखि नै कार्यरत छन् । पूर्वडीआइजी ज्ञानेन्द्रविक्रम महतको कृपाले ठकुरी सधैं चितवन ट्राफिकमा बसी अकूत सम्पत्ति आर्जन गर्न सफल भएकाले इन्स्पेक्टर भट्टले जे गरे पनि चासो नदिई चुपचाप बस्ने गरेका छन् । चासो दिए उनलाई दरबन्दी भएको बग्गीखानामै फर्काइदिने भयले पनि उनी चुप भएका हुन् । २४ बर्षदेखि कार्यरत उनको आफ्नै सम्बन्धका कारण मासिक एक डेढ लाख अतिरिक्त आम्दानी गर्दैआएकाले पनि बोल्न सक्ने अवस्था नभएको स्रोतले बतायो ।

    यसैगरी, चितवन ट्राफिक अन्तर्गतका मुग्लिन, आँपटारी, गोन्द्राङ, जुगेडी, रत्ननगर टाँडी, भण्डारा, गीतानगर जस्ता पोष्टका इन्चार्जसँग पनि जिल्ला ट्राफिकका हाकिम भट्टले महिनावारी तोकेर घुस लिने गरेका छन् । मुग्लिनका इन्चार्ज सई ज्ञानबहादुर बाराकोटी छन् । त्यसपछिको सबैभन्दा बढी घुस असुली हुने आँपटारी पोष्टमा हवल्दार बाबुराम न्यौपाने छन् । ५ बर्षअघिको दशैंमा तत्कालीन मुख्यसचिव लीलामणि पौडेल गुल्मीबाट माइक्रोबसमा सर्वसाधारणसँगै फर्किदा आँपटारीमा विनागल्ती रोकेर घुस मागिएको बिषयले निकै चर्चा पाएको थियो । आँपटारीमा हवल्दार बाबुराम न्यौपाने छन् । भट्टलाई तोकिएको महिनावारी बुझाएर आँपटारी पोष्टमा पुगेका उनले बेला बेलामा पूर्वडीआइजी ज्ञानेन्द्रविक्रम महतको पनि सेवा गर्दैआएका छन् ।

    तेस्रो महत्वपूर्ण मानिने गोन्द्राङमा सई अर्जुन भूसाल छन् । रत्ननगर टाँडीमा सई कृष्ण बिष्ट छन् । यी पोष्टबाट इन्स्पेक्टर भट्टले आफैं घुस संकलन गर्दैआएका छन् ।

    लकडाउनमा सवारी साधन संचालन हुन सकेन । लकडाउनको अवधिमा ट्राफिकको मेसमा ८० हजार रुपैयाँ उधारो खाद्यान्न खरिद गरिएको थियो भने तेल समेत गर्दा १ लाख २५ हजार रुपैयाँ ऋण पुगेको थियो । त्यो रकम समेत अहिले हाकिम भट्टले पोष्टहरुबाट माग्न निर्देशन दिएका छन् । र, अफिसक्लर्क खतिवडाले मुग्लिनदेखि जुगेडीसम्मका इन्चार्जसँग उक्त रकम मागिरहेका छन् । लकडाउनमा गाडी नै नचलेकाले उनीहरुको असुली पनि रोकिएकाले दिन नसक्ने भनेपछि द्धन्द्ध चर्र्किएको छ ।

    जिल्ला ट्राफिक प्रहरीका इन्स्पेक्टर भट्टले कार्यालय परिसरमा रहेको सामान मुचुल्का नउठाई बिक्री गरिएको बारेमा चितवनका एसपी नान्तिराज गुरुङ, बागमती प्रदेश ट्राफिकका प्रमुख प्रकाश रानाभाट बेखबर भएका हुन् कि उनीहरु पनि मिलेका छन् ? भन्ने प्रश्न समेत उठेको छ ।

    २०७० मा प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका भट्ट सोह्रखु्ट्टे ट्राफिकको प्रमुख भए । सोह्रखुट्टेले दरबारमार्गसमेत हेर्ने गर्दछ । त्यसपछि चितवन जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका भट्ट सर्वेन्द्र खनालको कार्यकालको अन्तिम समयमा चितवन ट्राफिकको इन्चार्जमा काजसरुवा भएका हुन् । ट्राफिकमा बसेर कुस्त आम्दानी हुने बुझेका उनी तत्कालीन गृहसचिव प्रेमकुमार राईकी निजी सचिव राधा श्रेष्ठको जोडमा चितवन ट्राफिकको प्रमुखमा सरुवा हुन सफल भएको भन्ने गर्दछन् । राधा श्रेष्ठ विवादास्पद अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको कार्यकालमा हालीमुहाली गर्नेहरुको सूचीमा पर्दछिन् ।

    अख्तियारमा त्यतिबेला डीएसपी दानबहादुर थापा, एसएसपीबाट अवकाशपछि अमेरिका पलायन भएका र लोकमानको उदयपछि नेपाल फर्किएर सुरुमा बगैंचे र पछि सचिवालयमा रजगज गर्ने गोबद्र्धन श्रेष्ठसँगै राधा श्रेष्ठको नाम पनि आउने गर्दथ्यो । तिनै राधा श्रेष्ठमार्फत् भट्ट चितवनको ट्राफिक प्रमुख भएको सौगरब बताउने गर्दछन् । उनलाई नियमित सरुवा नगरी खनालले काजसरुवा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार