Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगञ्जमा मृत्यु भएका एकजनामा कोरोना पुष्टि


    बिहिबार, साउन ८ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । कोरोना संक्रमणका कारण वीरगञ्जमा एकजनाको कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४३ पुगेको छ । यसअघि बुधबार पनि दुईजना मृत्यु भएकामा कोरोना पुष्टि भएको थियो । 

    सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वृद्धमा समस्या थियो । सोमबार नै उनलाई नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको मंगलबार अपरान्ह मृत्यु भएको थियो।

    मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

    वीरगञ्जको स्थिति एकदमै कठिन बन्दै गएकाले लकडाउनका लागि सिफारिस गरिएको बताइएको छ। वीरगञ्जको एडभान्स अस्पतालमा मात्रै ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार