Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमती हत्याका दोषी शसस्त्रका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त


    बिहिबार, साउन ८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन बिताइरहेका कोइराला बिहीबार जेलमुक्त भएका हुन् । 

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन् । यसअघि जन्म कैदनको फैसला भएपनि सर्वाच्चले उनको सजाय घटाएको थियो । 

    यसअघि कोइरालालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । उच्च अदालत पाटनले समेत २३ मंसिर २०७२ मा कोइरालाको सर्वस्वसहितको फैसलालाई सदर गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार