काठमाडौं । देशभर कोरोनास संक्रमित बढेसँगै प्रहरीमा पनि संक्रमण बढ्दो क्रममा रहेको पाइएको छ । बिहीबारसम्म कुल १ सय ११ जना प्रहरीमा संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसरी संक्रमित हुनेमा ६ जना इन्सपेक्टर रहेका छन् । यस्तै सात सई,आठ असई, ३३ हवल्दार, ५६ प्रहरीमा जवान र एक कार्यालय सहयोगीमा संक्रमण भेटिएको हेर्डक्वार्टरले जनाएको हो । यीमध्ये ९४ जना संक्रमण मुक्त भइ डिस्चार्ज समेत भैसकेका छन् ।
संक्रमितमध्ये दुई महिला र १ सय ९ जना पुरुष रहेका छन् ।
संक्रमित प्रहरीमध्ये काठमाडौंका आठ जना, भक्तपुरका एक, धनकुटाका दुई, मोरङका दुई, बाराका सात, धनुषाका १२ , सर्लाहीका दुई, सिरहाका तीन, सप्तरीका चार, रौतहटका चार, महोत्तरीका दुई, तनहुँका दुई, नवलपरासीका पाँच जना छन् ।
यस्तै बागलुङका एक, स्याङ्जाका तीन, बाँकेका दुई, कपिलवस्तुका ६, गुल्मीका एक, बर्दियाका दुई, दाङका दुई, प्युठानका दुई, जुम्लाका दुई, जाजरकोटका एक, दैलेखका १४, सुर्खेतका आठ, डोल्पाका दुई, कञ्चनपुरका चार, अछामका दुई र बाजुराका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।