Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रातो मत्स्येन्द्रनाथको रथयात्रा साउन १० गते हुने


    बिहिबार, साउन ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । रातो मत्स्येन्द्रनाथको रथयात्रा साउन १० गते तोकिएको छ । ज्योतिषीले यो दिन रथारोहण उपयुक्त हुने ठहर गरेका छन् । रातो मत्स्येन्द्रनाथको रथयात्रा निर्धारित समयमा सम्पन्न हुन नसकेका कारण अब यी देवतालाई भक्तपुरमा ल्याइनुपर्छ भन्ने तर्क पनि उठ्न थालेको थियो तर यो आधारहीन भएको संस्कृतिविद्ले बताएका छन् ।

    संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले यो हल्ला मात्र रहेको बताउनुभयो । संस्कृतिविद् सत्यमोहन जोशीले पनि पाटनमा जात्रा नहुँदा भक्तपुरमा नाथलाई लगिनुपर्छ भन्ने किंवदन्ती मात्र रहेको बताउनुभयो । ‘‘यो किंवदन्ती मात्र हो यसको सत्यता कतै देखिएको छैन’’, जोशी भन्नुहुन्छ तर एकथरीले रथारोहणको दिन जुरेपछि यो स्थिति टरेको ठानेका छन् ।
    भक्तपुर महाकाली नाचका मूलनाइके तुल्सीनारायण दण्डेख्याले रथयात्रा हुन सकेन भने भक्तपुरवासीले आफूकहाँ देवतालाई ल्याउनुपर्छ भन्ने पितापुुर्खादेखि सुनिँदै आए पनि आफूूले त्यस्तो नदेखेको बताउनुुभयो । आजको गोरखापत्रबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार