Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घुससहित सबइञ्जिनीयर भट्ट अख्तियारको नियन्त्रणमा


    बुधबार, साउन ७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिएको हो ।

    सबइञ्जिनीयर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार