Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी बिजयी


    शनिबार, बैशाख ३१ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । नगरप्रमुखमा खिलध्वज पन्थी विजयी भएका छन् । उपप्रमुखमा अमृतादेवी कुँवर विजयी भएकी छन् ।

     यसअघि एमालेले जितेको रेसुंगामा कांग्रेसका पन्थीले यो पटक बिजय हासिल गरेका हुन् ।

    पन्थीले ८ हजार ६ सय १४ मत ल्याएका छन् । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डे पराजित भएका छन् । पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन् । उनी नेपाल सरकारको उपसचिवबाट राजीनामा दिएर मेयर लड्न गएका थिए ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार