Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार डिस्चार्ज भए २०७ जना, भेटिए सयजना नयाँ कोरोना संक्रमित


    बुधबार, साउन ७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार देशभर एक सय जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार १४ जना पुगेको छ। 

    नेपालमा पछिल्लाे २४ घण्टामा २ सय ७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ६ सय ८४ पुगेकाे छ ।

    देशका विभिन्न स्थानका २० हजार ८ सय ४२ सय जना क्वारेन्टिनमा छन्। बुधबार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुष र एक ४९ वर्षीया चिनियाँ महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार