Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको अग्रता कायमै


    शनिबार, बैशाख ३१ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विशाल बस्नेत

    महोत्तरी । बर्दिबास नगरपालिकामा २ हजार ५ सय ६२  मतगणना गर्दा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीले अग्रता कायम राखेका छन् ।

    निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई १० मतले पछि पार्दै अहिलेसम्म प्रह्लाद क्षेत्रीले ७५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टेक बहादुर बलाम्पाकीले ७४६ मत प्राप्त गरेका छन् ।

    वडा न.८ को मतगणना गर्दा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रुद्र किङरिङलाई ९ मतले पछि पार्दै माओवादी केन्द्रका समसेर सिंह लामाले जित हासिल गरेका हुन् ।

    सम्सेर सिंह लामाले हसिया हथौडामा ७५३ मत र सूर्य छापमा ७४४ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा भने अहिलेसम्म नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ६५८, माओवादी केन्द्रले ५२९ प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार