Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरमा गठबन्धनको अग्रता


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखरामा महानगरपालिकामा गठबन्धनले अग्रता बनाएको छ । सुरुवाती डेढ सय मत गन्दा एकीकृत समाजबादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन् । वडा नम्बर १ मा गठबन्धन र १२ मा एमाले अघि देखिएका हुन् । वडा नम्बर १ को ५० मत गणना भएको छ ।

    उपमेयरमा नेपाली कांग्रेकी कोपिला रानाभाटको २२ मत आएको छ भने एमालेकी मन्जु गुरुङले २० मत प्राप्त गरेकी छन् । यो वडा यसअघि एमालेले जितेको वडा हो ।

    १२ मा १ सय मत गन्दा एमालेले ३९ मत पाएको छ भने गठबन्धनले २६ मत छ । १२ मा १० मत र १ मा ५ मत बदर भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार