सिराहा । सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि उनी बेहोस भएका छन् ।
स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेलाई बैठक सुरु भएको करिब १५ मिनेटपछि नेकपा (एकीकृत समाजवादी) का मेयर पदका उम्मेदवार वसन्त साहले व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका हुन् ।
लाहान ग्रामीणस्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर बैठक वस्ने क्रममा मेयर पदका उम्मेदवार साहले व्यक्तिगत रुपमा लाञ्छना लगाएपछि बेहोस भएको सहायक निर्वाचन अधिकृत अनिल साहले जनाए । उनी ‘वेहोस भएपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल पुयाई सामान्य उपचारपछि क्वार्टर ल्याइएको थियो, उहाँको स्वस्थ्य अवस्था समान्य रहेको छ’ साहले भने । पुनः बैठकका लागि दलीय प्रतिनिधिहरुलाई फोन मार्फत जानकारी गराइ रहेको र केहिछिन पछि बैठक बसि मतगणना शुरु गरिने उनले बताए ।
भूगोल र मतदाताको हिसावले जिल्लाकै सबैभन्दा ठूलो लहान नगरपालिकामा शुक्रबार भएको मतदानमा कुल ५६ हजार एक सय ९६ मतदातामध्ये ४१ हजार नौ सय ७७ मत खसेको छ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend