Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीका ६ वडाको मत परिणाम सार्वजनिक: ३ मा एमाले, ३ मा कांग्रेस विजयी


    शनिबार, बैशाख ३१ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी भएका छन् । भट्ट निवर्तमान वडाध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी भएका हुन् । विष्णुले ८ सय १४ मत प्राप्त गरेका थिए । यस्तै भुवनले ७ सय ९० मत ल्याए ।

    पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन् । 

    यसैगरी दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेका जयदत्त पन्त प्यानलसहित विजयी भएका छन् । 

    जिल्लाको सुरनया गाउँपालिका वडा नम्बर १मा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका हुन् । 

    यस्तै जिल्लाका ३ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । पुर्चौडी नगरपालिका वडा नम्बर १० मा कांग्रेसका हिक्मत विष्ट विजयी भएका छन् । सिगास गाउँपालिका १ मा कांग्रेसकै रामचन्द्र ऐरी विजयी भएका छन् । त्यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका १ मा कांग्रेसका बल्देब सिंह चाड विजयी भएका छन् । 

    ८४ वडा रहेको बैतडीका अन्य वडाको मत परिणाम आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार